जुनेली रातमा जब म
पाहाडको गाउ पखेरुमा हुन्छु
लाग्छ,
एउटा चित्रकारले
मधुरो क्यानभासभित्र
पोतिएको उत्कृष्ट चित्र
जुन लियोनार्दोले बनाएको
मोनालिशाझैँ शान्तसंग
मुस्कुराईरहेझैँ लाग्छ
जहाँ मानवको
अनाहकको चिच्याहट सुनिन्न
बस शान्त शान्त वातवरण
एक तपोभूमि जस्तो
अनि शरदको शितल प्राकृति
जुन एकतमासले आफैभित्र
आफ्नै सौन्दर्यले मक्ख परी
सर्माएर बसीरहेझैँ लाग्छ
तब,
किराफट्यांग्राले मसिनो ध्वनि निकाली
किर… किर … किर … गरी कराउदा
अनि टाढा…टाढा… कहिँ कतै
छ्वाङ! छ्वाङ !! छ्वाङ !!! गरेको झरनाको आवाज
सुन्दा लाग्छ
प्राकृतिले आफै भाईलन बजाईरहेछ
एकोहोरो एकोहोरो
जसले तन मन दुबै
शान्त अनि पवित्र गर्दै लान्छ
अनि लाग्छ
यही हो स्वर्ग !
हो यही हो स्वर्ग !